नयाँ दिल्ली ।
आइतबार बिहान हैदराबादको चारमिनार नजिकै रहेको गुलजार हाउसमा आगलागी भएको छ । दुर्घटनामा हालसम्म १७ जनाको ज्यान गएको छ ।
मर्नेमा केही बालबालिका पनि भएको बताइएको छ । भवनबाट १० देखि १५ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ । केही मानिसहरू अझै पनि घरभित्रै फसेको र उद्धार कार्य जारी रहेको खबर आएको छ ।
आगलागीको कारण शर्ट सर्किट भएको बताइएको छ । तर यसको आधिकारिक रूपमा पुष्टि भएको छैन । बिहान करिब ६ः३० बजे आगलागीबारे दमकल विभागलाई जानकारी गराइएको थियो । त्यसपछि टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो । धेरै मानिसहरू अचेत अवस्थामा फेला परेका थिए र लगभग १० जनालाई अस्पताल भर्ना गरिएको छ । ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बताइएको छ ।