पोखरा ।
पोखराको पृथ्वीचोक नजिक चाईनापुलबाट सेतीमा हाम फालेका एक किशोरको सशस्त्र प्रहरीले उद्दार गरेको छ । सेतीमा हामफालेका पोखरा ९ कृष्ण टोलका १७ वर्षीय कुशन रानामगरको शुक्रबार राति सेती खोँचबाट उद्दार गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण पोखराबाट खटिएको विपद् व्यवस्थापन टोलीले राती ९ः३५ बजेको समयमा रोप रेस्क्यू प्रयोग गरि ती युवकको उद्दार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्त प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
डीएसपी बस्नेतका अनुसार अन्दाजी १ सय मिटर तल सेती नदीको खोंचबाट अर्धचेत अवस्थामा उद्दार गरिएका उनको अवस्था गम्भिर छ । उनको अहिले मणिपाल शिक्षण अस्पतालको न्युरो आइसियुमा उपचार भइरहेको छ ।