पोखरा ।
गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म नौ महिनाको अबधिमा सवारी दुर्घटनामा परेर १७९ जनाको ज्यान गुमेको छ ।
गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) गोपीकृष्ण सुवेदीका अनुसार यो अबधिमा २८९ पटक सवारी दुर्घटना भए । यी दुर्घटनामा परेर २१७ जना गम्भिर घाइते भएका छन् ।
डीएसपी सुवेदीका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ यो अबधिमा सवारी दुर्घटनामा परेर १५० जनाको ज्यान गुमेको थियो । गत आर्थिक वर्षको तुलनामा यस वर्ष दुघटनामा ज्यान गुमाउनेको संख्या २९ जना ले बढी हो ।
गत आर्थिक वर्षको यो अबधिमा २९८ पटक सवारी दुर्घटना भएका भएको थियो । यो चालु आर्थिक वर्षको यो अबधिको संख्याभन्दा धेरै हो । चालु आर्थिक वर्षको यो नौ महिनामा पोहोरको तुलनामा ९ वटा दुघटना कम भएको छ ।
गत आर्थिक वर्षको नौ महिनामा भएका सवारी दुर्घटनामा गम्भिर घाइते हुनेको संख्या २४५ जना रहेकोमा चालु आर्थिक वर्षको यो अबधिमा २१७ जना गम्भिर घाइते भएका छन् । यो गत वर्षको यही अबधिको तुलनामा ३७ जनाले कमी हो ।
ट्राफिक प्रहरी कार्यालय गण्डकीको तथ्यंक अनुसार गत आर्थिक वर्षमा सवारी दुघटनामा परेर गण्डकीमा १७७ जनाको ज्यान गुमेको थियो भने ३९५ वटा सवारी दुघटना भएका थिए । सो दुर्घटनामा परेर ३१२ जना गम्भिर घाइते भएका थिए ।
गत आर्थिक वर्षको पुरै अबधिमा भन्दा चालु आर्थिक वर्षको नौ महिनाको अबधिमा दुर्घटनामा ज्यान गुमाउनेको संख्या धेरै छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रवत्ता सुवेदीले भारतीय पर्यटक बहाक बस तनहुँमा भएको दुर्घटना र बागलुङमा भएको अर्को दुर्घटनामा परेर एकैपटक धेरैको ज्यान गुमेकाले चालु आर्थिक वर्षमा ज्यान गुमाउनेको संख्या बढेको बताए । तर, गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा दुर्घटनाको संख्या घटेको भन्दै उनले सचेतना फैलाउने काम प्रहरी र समुदाय सबै मिलेर गर्नुपर्ने धारणा राखे ।