सुर्खेत ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा फेरि एउटा नयाँ क्रान्तिको आवश्यक रहेको बताएका छन् । र सो क्रान्तिको नेतृत्व आफुले नै गर्न चाहेको बताएका छन् ।
सोमबार वीरेन्द्रनगरमा आयोजित वाइसिएल नेपालको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले भने,‘जनताको गणतन्त्र बनाउनका लागि फेरि एउटा नयाँ क्रान्तिको आवश्यक छ । समाजवादी क्रान्तिका लागि सङ्घर्ष गर्नुपर्ने छ ।’
माओवादीले क्रान्ति गरेर ल्याएको गणतन्त्रको निर्वाचन प्रणाली लुटेरा भएको टिप्पणी प्रचण्डको छ ।
साथै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि संविधान संशोधन हुनुपर्नेमा उनले जोड दिए । गणतन्त्रलाई जनताको गणतन्त्र बनाउन सङ्घर्ष गर्नुपर्ने प्रचण्डले बताए ।
फरक प्रसङ्गमा बोल्दै उनले राजावादीहरू कायर भएको बताए । पछिल्लो समय राजावादीहरू सलबलाए उल्लेख गर्दै राजावादीको प्रतिवाद गर्न र उनीहरूको आन्दोलनलाई निस्तेज पार्न सम्पूर्णमा आग्रह गरे ।