भारतको उत्तरकाशीमा हेलिकप्टर दुर्घटना, ६ जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

एजेन्सी
काठमाडौं । भारतको उत्तरकाशी जिल्लामा बिहिबार बिहान एक हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा परेर ६ जनाको ज्यान गुमेको खबर आएको छ । प्रहरी र प्रशासनसँगै विपद् व्यवस्थापन टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

टोली घटनास्थलमा पुग्ने बित्तिकै उद्धार कार्य सुरु गरिएको थियो । बिहीबार बिहान उत्तरकाशीको गंगानीभन्दा पर हेलिकप्टर दुर्घटना भएको हो। हेलिकप्टर एक निजी कम्पनी एरो ट्रिंकको थियो र त्यसमा सात जना सवार थिए । प्राप्त जानकारी अनुसार दुर्घटनामा ६ जनाको ज्यान गुमेको छ । एक जना घाइते छन् ।

उत्तराखण्डमा हिजोआज चारधामको यात्रा चलिरहेको छ । केदारनाथ, बद्रीनाथ र गंगोत्री–यमुनोत्रीको दर्शन गर्न ठुलो संख्यामा तीर्थयात्रीहरू पुगेका छन् । केही मानिसहरू पैदल हिँडेर निस्किएका छन् भने धेरैजसो हेलिकप्टरबाट पुगिरहेका छन् ।

  • २५ बैशाख २०८२, बिहीबार ११:३७ प्रकाशित