प्रचण्डले बोलाएको बैठक स्थगित

केन्द्रभाग मिडिया

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिम संसदीय दलका नेताहरूबिचको छलफल स्थगित भएको छ । लामो समय देखिको विवाद समाधानका लागि प्रचण्डले बुधवार दिउँसो १ बजे दलका नेताहरूलाई आफ्नो निवास खुमलटार बोलाएका थिए ।

तर प्रचण्ड हिजो राति शौचालयमा लडेर घाइते भएपछि छलफल स्थगित भएको बुझिएको छ । सुदूरपश्चिम प्रदेशका सांसद शिवसिंह ओली अर्को सूचना नआएसम्म छलफल स्थगित भएको जानकारी दिए ।

‘संसदीय विवाद समाधानका लागि अध्यक्षले बोलाएर हामी काठमाडौँ आएका छौँ । छलफलका लागि दिउँसो १ बजे खुमलटार बोलाउनुभएको थियो । अहिले भर्खर बैठक स्थगित भएको खबर आएको छ । अर्को पटक बोलाउँछौ भनेका छन् । कहिले बोलावट हुन्छ थाहा छैन’, रातोपाटीसँग उनले भने ।

२०८० फागुनमा संसदीय दलको नेताबाट भट्टलाई हटाएर मानबहादुर धामी दलको नेता बनेपछि विवाद उत्कर्षमा पुगेको छ । प्रचण्डले सहमतिमै विवाद समाधान गर्न पटक पटक निर्देशन दिएपनि कार्यान्वयन भएको छैन ।

  • २४ बैशाख २०८२, बुधबार १३:१७ प्रकाशित