इरानको बन्दरगाहमा विस्फोट : ४ जनाको ज्यान गुम्यो, ५०० घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।
इरानको बन्दर अब्बास सहरको शाहिद राजाई बन्दरगाहमा विस्फोट हुँदा कम्तीमा चार जनाको ज्यान गुमेको छ भने झन्डै ५०० जना घाइते भएका छन् ।

इरानको राहत तथा उद्धार संस्थाका प्रमुखले अहिलेसम्म कम्तीमा चार जनाको ज्यान गुमेको पुष्टि गरेका छन् । ज्यान गुमाउनेको संख्या धेरै बढ्न सक्ने बताइएको छ । घाइतेहरूलाई उपचारका लागि सहरका विभिन्न अस्पतालमा लगिएको छ ।

इरानको सरकारी सञ्चारमाध्यमले दक्षिणी इरानको शाहिद राजाई बन्दरगाहमा ठूलो विस्फोट भएको जनाएको छ । यद्यपि, विस्फोटको कारण अझै पत्ता लागेको छैन । शाहिद राजाई इरानको सबैभन्दा ठूलो व्यावसायिक बन्दरगाह हो । बन्दरगाहका अधिकारीहरूले यहाँ धेरै कन्टेनर विस्फोट भएको र त्यसपछि ठूलो आगलागी भएको बताएका छन् ।

  • १३ बैशाख २०८२, शनिबार २०:०९ प्रकाशित