सरकार र आन्दोलनरत शिक्षक बीच वार्ता, थप वार्ता र छलफल गर्ने सहमति

केन्द्रभाग मिडिया

काठमाडौं ।
गत २५ चैतदेखि आन्दोलनरत शिक्षकहरुले आज सरकारसंग वाता गरेका छन् । नेपाल सरकार र आन्दोलनरत शिक्षकहरूबीच शनिबार वार्ता भएको हो । नयाँ शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त भएपछिको यो पहिलो वार्ता हो ।

आजको वर्तामा नयाँ शिक्षामन्त्रीलाई शिक्षकका माग र आन्दोलनको बारेमा जानकारी दिने काम भएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए ।

सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तापछि उनले यसबारे थप वार्ता र छलफल गर्ने सहमति भएको बताए पनि अर्को वार्ताको मिति भने तय नभएको बताए।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आह्वान गरेसँगै शुक्रवार साँझ नै शिक्षकका केही प्रतिनिधिहरू सिंहदरबार पुगेका थिए । तर सरकारले बनाएको वार्ता टोलीप्रति असहमति जनाउँदै गेटबाटै बाहिरिएका थिए ।

आज भने बिहानै मन्त्रालयमा शिक्षक महासंघका प्रतिनिधिहरू पुगेका थिए ।

  • १३ बैशाख २०८२, शनिबार ११:३४ प्रकाशित