गोरखामा ओटेफको अन्तरक्रिया र पर्यटन प्रर्वद्धन कार्यक्रम

केन्द्रभाग मिडिया

oplus_0

गोरखा ।

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को पर्यटन व्यवसायी अन्तरक्रिया कार्यक्रम तथा अवलोकन भ्रमण कार्यक्रम भएको छ । पोखराका महिला पर्यटन व्यवसायीको टोली बिहीबार गोरखाको सदरमुकाम गोरखा पुगेर पर्यटन व्यवसायीसंग अन्तरक्रिया गरेको हो ।

अन्तरक्रिया कार्यक्रमको उद्घाटन गोरखा नगरपालिकाका उपप्रमुख मसली माया थोकरले गरेकी हुन् । उद्घाटनको अबसरमा बोल्दै उनले आफूहरूले गोरखा भ्रमण वर्ष २०२५ घोषणा गरेर विविध प्याकेजको घोषणा गरिएको जानकारी दिइन् ।

उनले पोखराका महिला पर्यटन व्यवसायी एकजुट भएर पर्यटन प्रर्वद्धनमा लागेको र एकअर्का स्थलको अनुभव आदानप्रदान गर्ने जस्ता महत्त्वपूर्ण काम गरेको भन्दै प्रसंशा गरिन् ।

उनले महिलाहरू पर्यटन, आर्थिक र राजनीतिक सबै हिसावले अब्बल रहेको धारणा राखिन् । उनले संस्कृतिकासाथै अथाह पर्यटकीय गतिविधि हुने देशकै पर्टकीय राजधानी पोखराका व्यवसायीलाई ऐतिहासिक, प्राकृतिक र देशकै एकीकरणको इतिहास बोकेको महत्त्वपूर्ण स्थल गोरखामा स्वागत गर्न पाएको भन्दै एक अर्का सहरबीच सहकार्य गरेर अगाडि बढ्न आफूहरू तयार रहेको बताइन् ।

गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष एवं होटल व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष भाइचन्द्र श्रेष्ठले पोखरा र गोरखा दुबैले भ्रमण वर्ष २०२५ घोषणा गरेको महत्त्वपूर्ण अबसरमा महिला पर्यटन व्यवसायीको भ्रमणले पर्यटन व्यवसायमा थप उर्जा पैदा गरेको बताए । पोखरामा गोरखा र गोरखामा पोखराको बारेमा धेरैभन्दा धेरै जानकारी दिन सक्ने हो भने भ्रमण वर्षले अझै सार्थकता पाउने उनको भनाइ थियो ।

गोरखा वडा नम्बर ५ का वडाध्यक्ष विष्णु बहादुर रानामगरले गोरखा नगरपालिकाले “जहाँ गोरखा, त्यहाँ इतिहास जिवित छ” नारासहित गोरखा भ्रमण वर्ष २०२५ मनाइरहेको जानकारी दिए ।

होटल संघ गोरखाका निवर्तमान अध्यक्ष नीतीप्रसाद तिमिल्सिनाले गोरखामा ऐतिहासिक, धार्मिक र पुरातात्त्विक स्थलहरूको भ्रमण गर्न र जानकारी लिन आग्रह गरे ।

मञ्चका निवर्तमान अध्यक्ष पार्वता पाण्डेले पर्यटन व्यवसायीका समस्या साझा रहेको भन्दै गोरखा आएका पर्ययटक पोखरा र पोखरा आएका पर्यटक गोरखा आउने वातावरण बनाउनु पर्नेमा जोड दिइन् ।

ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले ओटेफको स्थापना र यसले गरिरहेका कामको चर्चा गर्दै पर्यटन व्यवसाय प्रर्वद्धनका लागि सबैले मिलेर काम गर्नुपर्नेमा बताइन् ।

ओटेफकी अध्यक्ष उमा रेग्मी भण्डारीले ओटेफ स्थापनाकाल देखि नै पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम गर्दै आएको जानकारी दिइन् । उनले गण्डकीका सबै पर्यटकीय स्थलहरूको प्रर्वद्धन गर्दा समग्र पर्यटकीय क्षेत्रले फाइदा लिनसक्ने बताइन् ।

ओटेफका महासचिव लक्ष्मी लामिछानेका अनुसार नेपाल पर्यटन बोर्ड गण्डकीको सहकार्यमा डिजिटल मार्केटिङ, साइबर सुरक्षा लगायतका तालिम पोखरामा लिएर त्यसको व्यवहारिक ज्ञान लिन गोरखामा अन्तरक्रिया र अबलोकन भ्रमण गरिएको हो ।

  • ११ बैशाख २०८२, बिहीबार १९:१९ प्रकाशित