काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शिक्षक महासंघको दबाब पछि बोर्ड आफ्नो अडानबाट पछि हट्दै आगामी बिहीबारबाट परीक्षा गर्ने निर्णयबाट व्याक भएको हो । परीक्षा अब २१ वैशाखबाट हुने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएका छन् ।
मंगलबार बिहान बसेको बोर्ड बैठकले कर्मचारी परिचालन गरेर तोकिएकै दिन परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको चौतर्फी आलोचना र शिक्षक महासंघको परीक्षा बहिष्कारको निर्णयसंगै परीक्षा बोडै परीक्षाको मिति सार्न बाध्य भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डलाई परीक्षा सार्न निर्देशन दिएका थिए । बोर्डको निर्णयपछि अधिकारीहरू दिनभर छलफलमा थिए ।