इक्यान पूर्वाञ्चललाई हराउँदै इक्यान कास्कीले उचाल्यो फुटसलको उपाधि

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनद्वारा आयोजित अन्तर इक्यान फुटसल प्रतियोगितामा इक्यान पूर्वाञ्चललाई हराउँदै इक्यान कास्की विजयी भएको छ । फाइनल खेलमा पूर्वाञ्चललाई ७–० गोल अन्तरले हराउँदै कास्कीले फुटसलको उपाधि हात पारेको हो ।

प्रतियोगिताको विजेता इक्यान कास्कीले ६६ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ भने उपविजेता इक्यान पूर्वाञ्चलले ३६ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेकोे छ । सात वटा टिमको सहभागिता रहेको फुटसल प्रतियोगिताका विजेता र उपविजेता टिमलाई प्रमुख अतिथि इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल द्धितीय उपाध्यक्ष भुवन बहादुर क्षत्री लगाएतले पुरस्कार बितरण गरेका थिए ।

प्रतियोगीतामा काठमाडौ,कास्की पुर्वान्चल, मकवानपुर र रुपन्देहीबाट एक एक टिम र आयोजक टिम चितवन बाट २ टीम गरी जम्मा ७ टीमको सहभागीता रहेको आयोजक समितीका संयोजक प्रज्वल पौडेलले जानकारी दिए ।

  • ७ बैशाख २०८२, आईतवार १२:५२ प्रकाशित