गण्डकी कोटिहोम महायज्ञमा भोलि देवी प्रतिभा जी को स्वागत र अनुराधा पाण्डेयको विदाई

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका १७ बिरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ विधिवत रुपमा अगाडी बडिरहको छ । यही १७ बैशाखदेखि सञ्चालन हुने कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा हाल सञ्चालित श्रीमद्भागवत कथा प्रवचनको कार्य २९ चैत्रदेखि जारी छ ।

बाल विदुषी अनुराधा पाण्डेयले विगत ६ दिन देखी संगितमय श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी छिन् । यसैविच उनको कथा प्रवचन भोलि समापन हुने आयोजक मानव सेवा फाउण्डेसनले जानकारी दिएको छ । अनुराधा पाण्डेयलाई भोलि नै कोटिहोम महायज्ञबाट विदाई गर्ने कार्यक्रम रहेको छ ।

संगसंगै भोलि नै चर्चित कथा वाचिका श्रीमद्भागवत कथा प्रवक्ता देवी प्रतिभाको पनि आगमन र प्रतिभालाई पोखरामा भोलि नै स्वागत गर्ने कार्यक्रम रहेको जनाइएको छ । भोलि बिहान पोखरामा आगमन रहने कार्यक्रम तय भैसकेको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले जानकारी दिए ।

यता यथास्थानमा भोलि बिहान ठीक १० बजे देखी अनुराधा पाण्डेयले कथा प्रवचन गर्ने कार्यतालिका छ । त्यस्तै दिउँसो २ बजे देवी प्रतिभालाई पोखराको बिरौटामा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

  • ४ बैशाख २०८२, बिहीबार २०:०७ प्रकाशित