स्याङ्जाका दुई पालिकाका २१६ जनामा मोतियाबिन्दु, नि:शुल्क शल्यक्रिया गरिने

केन्द्रभाग मिडिया

फाइल तस्बिर

स्याङ्जा ।

स्याङ्जाका दुई पालिकामा गरेर २१६ जनामा मोतियाविन्दु रोग देखिएको छ । स्याङ्जाका अर्जुनचौपारी गाउँपालिका र वालिङ नगरपालिकाले हिमालय आँखा अस्पतात पोखरासंगको सहकार्यमा निशुल्क रुपमा राखेको आँखा सिविरमा अर्जुन चौपारीमा २६ जना र वालिङ नगरपालिकामा १९० जनाको खाँखामा मोतियाविन्दू रोग देखिएको हो ।

वालिङ नगर स्वास्थ्य शाखाका प्रमुख कमलप्रसाद पाण्डेका अनुसार शिविरमा एक हजार ३७९ जनाको आँखा परिक्षण गरिएको हो । महिला ९ सय १५ र पुरुष ४६४ जनाको आँखा परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए । मोतियाबिन्दु रोग देखिएका बिरामीको निशुल्क शल्याक्रिया हुने उनले जानकारी दिए ।

वालिङ नगरपालिकाले २५ चैतदेखि ३१ चैतसम्म र अर्जुनचौपारी गाउँपालिकाले ३० र ३१ चैतमा निशुल्क आँखा जाँच शिविर गरेका थिए । यो शिविरमा जाँच गर्न आउनेको संख्याको आधारमा हेर्दा मोतियाबिन्दु रोगीको संख्या अझै हुनसक्ने अनुमान पालिकाहरुले लगाएका छन् ।

वालिङमा लामो समय देखी गह्रौ प्रथामिक अस्पतालमा आँखाको छुट्टै डाक्टर राखेर सेवा दिदै आएको छ । तर समयमै आँखा जाँच गराउन नागरिकले चासो नदिदा ग्रामिण क्षेत्रमा मोतियाबिन्दु रोगीहरुको संख्या बढेको छ । नगरपालिकाले बेला—बेलामा आँखा शिविर आयोजना गर्दै आएको वालिङ नगर प्रवक्ता पदमराज गुरुङ्ले बताए । यो पटकको शिविरले हाम्रो ध्यानाकर्षण गराएको छ प्रवक्ता गुरुङ्ले भने,‘आगामी बजेटमा नीतिगत निर्णय गरेर समस्या समाधान तर्फ लाग्ने छौं ।’ प्राविधिक स्वास्थ्यकर्मीहरु सगँ छलफल र परामर्स शुरु गरेर यो समस्या समाधान गर्ने तर्फ लाग्ने गुरुङ्ले बताए । नागरिकको स्वास्थ्यमा स्थानीय सरकारको चासो रहने र समाधानमा लाग्ने प्रयत्नहुने उनले बताए ।

अर्जुनचौपारी गाउँपालिकाले शिविरबाट मोतियाबिन्दु रोग देखिएका नागरिकलाई निशुल्क शल्याक्रियाका लागि सघाउने भएको छ । दुवै पालिकामा भएको शिविरबाट फेला परेका मोतियाबिन्दुका रोगीहरुको वालिङको गह्रौ प्रथामिक अस्पतालमा ६ र ७  बैशाखमा हिमालय आँखा अस्पतालको सहयोगमा निशुल्क शल्याक्रिया हुनेछ । अर्जुनचौपारीले मोतियाबिन्दुको शल्याक्रियामा आउन र लैजान निशुल्क सवारी साधनको व्यवस्था समेत गरिदिएको पालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए । आँखाको बेला—बेलामा जाँच गरेर मोतियाबिन्दु रोगबाट बच्न आँखाका चिकित्सकहरुले सुझाव दिएका छन् ।

  • २ बैशाख २०८२, मंगलवार १७:४२ प्रकाशित