पोखरा ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली संविधान उल्ट्याउने खेलमा लागेको आरोप लगाएका छन । तमु राष्ट्रिय मुक्ति मोर्चा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले प्रधानमन्त्री केपी ओली संविधान उल्ट्याउने खेलमा लागेको आरोप लगाएका छन्।
संविधान बनाउदा आफुहरुको रापताप ठूलो भएको बताउदै त्यतिबेला संविधान सभा र समावेसिता मन नपरेको र माओवादीको रापतापकै कारण उनले संविधान सभा मानेको भएपनि अहिले फेरि संविधान उल्ट्याउने चलखेलमा ओली लागिरहेको उनको आरोप थियो ।
एक थरी यथास्थितीबादी दलाल प्रतिकृयाबादीले संविधानमा भएका प्रगतिशिल र जनपक्षिय कुरालाई उल्ट्याउन चाहेको र प्रतिकृयावादी गणतन्त्रमा सिमित गर्न चाहेको प्रचण्डको भनाइ थियो । गणतन्त्रलाई जनताको गणतन्त्रमा उकास्न माओवादीले चाहेको बताउदै प्रचण्डले अहिले एमाले र कांग्रेस भित्र अहिलेको गणतन्त्रलाई सिमित गणतन्त्रमा राख्न चाहेको समेत बताए ।
जनताले तागत दिएको खण्डमा तपाइहरुको चाहाना अनुसार तमुवान प्राप्त गर्न सक्ने बताउदै नेपाली जनताले सवै अनुभवबाट कुरा बुझिसकेकाले पुन एक पटक चुनवाङ बैठकमा फर्किन आवश्यक रहेको समेत बताए ।
चुनवाङ बैठक एक क्लाइमेक्स भएकाले त्यस तर्फ सम्पूर्ण माओवादीहरु चुनवाङ बैठककमा उठेका कुरालाई आत्मसाथ गर्न आवश्यक रहेको बताए । चुनवाङ बैठकमा आफुले गणतन्त्र आएपनि बुर्जुवा गणतन्त्र हुने गरेको कुरा राखेको स्मरण गराउदै अहिले एक थरी यथास्थितीबादी दलाल प्रतिकृयाबादीले संविधानमा भएका प्रगतिशिल र जनपक्षिय कुरालाई उल्ट्याउन चाहेको र प्रतिकृयावादी गणतन्त्रमा सिमित गर्न चाहेको प्रचण्डको भनाइ थियो ।
https://www.facebook.com/share/v/15q3MDL1p2/
















