२०८४ मा कांग्रेस-एमालेलाई गठबन्धन गरेर चुनाव लड्न प्रचण्डको चुनौती

भने,'माओवादी एक्लै जनतामा जान्छ'

केन्द्रभाग मिडिया

File photo

पोखरा।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेलाई गठबन्धन गरेर चुनाव लड्न चुनौती दिएका छन् ।

शुक्रबार पोखरामा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले भने, ‘उपनिर्वाचनमा पनि कांग्रेस-एमालेबीच गठबन्धन गरियो। उनीहरू २०८४ मा गठबन्धन गर्न चाहेका छन्। म चाहन्छु,उनीहरू मिलून्।’

प्रचण्डले माओवादी एक्लै जनताकोमा जान चाहेको जिकिर गरे । ‘हामी एक्लै जनतामा जान्छौँ। हामी जनताको तागतमा विश्वास गर्छौँ। जनतालाई मेरो अपील छ, ‘तपाईंहरू एकताबद्ध हुनुस्, आफ्नो तागत देखाउनुस्।’

प्रचण्डले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताएका छन् ।

  • ९ फाल्गुन २०८१, शुक्रबार १६:१७ प्रकाशित