नेकपा एसको केन्द्रीय कमिटी बैठक जारी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादको केन्द्रीय कमिटी बैठक जारी छ । ललितपुरको ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बैठक सुरु भएको हो ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजनाबारे छलफल हुनेछ ।

बैठकले जनजीविका र सुशासनका सवाललाई लिएर आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ ।यसअघि मङ्गलवार र बुधवार बिहान बसेको स्थायी कमिटी बैठकले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको थियो । उक्त प्रतिवेदन केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ ।

  • ९ फाल्गुन २०८१, शुक्रबार १२:५७ प्रकाशित