हनुमानढोकामा युवक मृत फेला, दुई जना पक्राउ

केन्द्रभाग मिडिया

simbolic photo

काठमाडौँ ।

काठमाडौँको हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि युवक मृत भेटिएका छन् । करिब ३५ वर्षीय युवक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए ।

मृतकको शरीरमा चोटपटक देखिएको छ । हत्या भएको आशंकामा अनुसन्धानको लागि दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

  • ८ फाल्गुन २०८१, बिहीबार १३:१५ प्रकाशित