भिडियो सन्देश जारी गदै मह जोडीले भने,‘हामीले धर्मको विरोध गरेका छैनौँ’

केन्द्रभाग मिडिया

काठमाडौँ ।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ९मह जोडी०ले आफूहरूले कुनै पनि धर्मको विरोध नगरेको बताएका छन् । आज एक भिडियो सन्देश जारी गर्दै उनीहरुले अनर्गल प्रचार नगर्न पनि आग्रह गरेका छन् ।

यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर गरिएको प्रचारले अत्यन्त दुःखी बनाएको भन्दै उनीहरुले भ्रममा नपर्न सुभचिन्तकहरुलाई आग्रह गरे । आचार्यले आफूहरू अहिले चलचित्रमा काम गरिरहेका बेलामा भ्रम छरेर दुःख दिने काम भएको गुनासो गरे ।

आचार्यले आफूहरूले गरेका सबै काम युट्युबमा पनि राखिएको भन्दै ति सामग्री हेरे पनि आफूहरूमाथि लान्छाना मात्र लगाएको प्रस्ट हुने जिकिर गरेका छन् ।

  • ८ फाल्गुन २०८१, बिहीबार १२:०४ प्रकाशित