कोटीहोम सञ्चालनमा रोक लगाउन भन्दै परेको रिटमा कारण देखाऊ आदेश

केन्द्रभाग मिडिया

पोखरा ।

पर्यटकीय नगरी पोखरामा हुने भनिएको कोटीहोम रोक्न परेको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । उच्च अदालत पोखराका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

कोटीहोम रोक्नका लागि अन्तरिम आदेश माग गरिएको थियो । कोटीहोम आयोजक मानव सेवा फाउन्डेसन सहित १० जनालाई प्रतिवादी बनाएर अधिवक्ताहरू भगवती पहारी, मीनाकुमारी रानाभाट र गीता आचार्यले २ फागुनमा रिट निवेदन दिएका हुन् ।

फेवातालको सिमसार क्षेत्रमा कोटीहोम गर्न नहुने उनीहरूको माग छ । रिटमा वर, पीपल, शमी जातका चौतारीका रुख कटान गर्नेविरुद्ध कानुनी कारबाहीको माग समेत गरिएको छ । पोखराका सयौँ वर्ष पुराना रुखहरू हवनको लागि भन्दै फाउन्डेसनले काटेको थियो ।

  • ६ फाल्गुन २०८१, मंगलवार १६:०७ प्रकाशित