अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

केन्द्रभाग मिडिया

पोखरा ।

घरेलु मैदानमा सुरु अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा सोमबार भएको खेलमा किर्गिस्तानलाई १–० ले पराजित गर्दै नेपालले जितको सुरुवात गरेको हो । नेपालका लागि विमला चौधरीले गरेको गोल नै निर्णायक बन्यो ।

खेलको ८१ औँ मिनेटमा सविता राना मगरको प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा नेपालले अग्रता दोब्बर पार्ने सुन्दर मौका गुमायो ।
खेलको १० औँ मिनेटमा सविता रानामगरको क्रसमा विमला चौधरीले हेडर गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।

त्यसअघि छैटौँ मिनेटमा रेखा पौडेको प्रहार किर्गिस्तानकी गोलरक्षकले पन्च गर्दै जोगाइन् । त्यसकै रिवाउण्डमा सविता रानामगरको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो ।

खेलको २१ औँ मिनेटमा सविताको क्रसमा रश्मी कुमारी घिसिङको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो । २७ औँ मिनेटमा प्रीति राईको प्रहार किर्गिस्तानकी गोलरक्षकले बचाइन्। ३० औँ मिनेटमा रेखा पौडेलको सशक्त प्रहार गोलरक्षकले जोगाइन् ।

पहिलो हाफको इन्ज्युरी समयमा रश्मी कुमारी घिसिङको प्रहार क्रसबारमा लाग्दै बाहिरियो त्यसकै रिवाउण्डमा सविताको प्रहार पनि क्रसबार लाग्दै बाहिरिएको बललाई रेखा पौडेलले नियन्त्रणमा लिँदै पोष्टको गति दिए पनि डिफेन्डरले क्लियर गरे ।

जितसँगै नेपालले ३ अंक जोडेको छ भने तालिकाको दोस्रो स्थानमा छ । समान ३ अंक भएको म्यानमार शीर्ष स्थानमा छ । आजै भएको पहिलो खेलमा म्यानमारले लेवनानलाई ३–१ गोल अन्तगरले पराजित गरेको थियो ।

नेपाल र किर्गिस्थान बिचको खेलको उत्कृष्ठ खेलाडी प्रीति राई बनिन् । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल १४ फागुनमा हुनेछ ।

  • ५ फाल्गुन २०८१, सोमबार २०:२४ प्रकाशित