बुटवल ।
रुपन्देहीको रोहिणी गाउँपालिकाको कार्यपालिका बैठकमै वडाध्यक्षले शिक्षा शाखा प्रमुखमाथि हातपात गरेका छन् । शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधुप्रसाद घिमिरेमाथि वडा नं २ का अध्यक्ष करम हुसेन खानले हातपात गरेका हुन् ।
घिमिरेमाथि हातपात भएको कर्मचारीहरूको भनाइ छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरूले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नहुँदासम्म काममा नफर्कने समेत अडान लिएका छन् ।
रोहिणी गाउँपालिका रुपन्देहीको कार्यालयमा कार्यपालिका बैठक सञ्चालन भइरहेको अवस्थामा घिमिरेमाथि हातपात भएको जनाइएको छ ।घिमिरेले वडाध्यक्ष खानले हातपात गरेको आरोप लगाएका छन् ।
















