अर्थमन्त्री पौडेल र मेयर आचार्यको उच्च निगरानीमा संघन कक्षमा उपचार

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा अचानल बेलुन फुटेर विस्फोट हुँदा घाइते उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ ।

अर्थमन्त्री पौडेल र पोखरा महानगरका प्रमुख आचार्यको सघन उपचार कक्षमा उपचार भइरहको कीर्तिपुर अस्पतालले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीका अनुसार अर्थमन्त्री पौडेल र पोखरा महानगरका प्रमुख आचार्यको शरीरको ५ देखि ६ प्रतिशत जलेको र अनुहारमा जलन भएकाले स्वास नली र फोक्सोमा असर पर्नसक्ने भएकाले उच्च निगरानीमा राख्नुपर्ने भएको उनले बताए ।

अर्थमन्त्री पौडेल र प्रमुख वि डी झा, डा प्रविण गिरी लगायत सघन कक्ष उपचार कक्षको टोली, प्रा.डा शंकर मान राई, डा. विशाल कार्की, डा.मनिष यादव लगायतको जलन विशेषज्ञहरुको टोली, डा. प्रयुस अर्याल लगायतका लगायतको आकस्मिक उपचार टोली र रिना गौचन, निर्मला कुँवर, तृष्ण महर्जन लागयतको निर्सि.ग टोली उपचारमा संलग्न रहेको अस्पतालले जनाएको छ ।

  • ३ फाल्गुन २०८१, शनिबार १८:०९ प्रकाशित