बूढानीलकण्ठमा प्रहरीको छापा : अनलाइन जुवा खेलाएको आरोपमा २३ जना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

बूढानीलकण्ठको एक घरमा छापा हानेर प्रहरीले २३ जनालाई पक्राउ गरेको छ ।आइतबार साँझ छापा हान्दा पक्राउ पर्नेको संख्या २३ पुगेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनलाइन जुवा, क्रिप्टो लगायत कारोबार गरेको आरोपमा छापा हानेको थियो ।

भारत बिहार राज्य बाका घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँ बस्ने २२ वर्षीय वकिल कुमार यादव समेत २३ जनालाई पक्राउ गरिएको परिसरका एसएसपी विश्व अधिकारीले बताए ।

प्रहरीले उनीहरूलाई नगद ८१ हजार रूपैयाँ, विभिन्न कम्पनीका मोबाइल ८८ थान र ल्यापटप १० थान सहित पक्राउ गरेको हो ।

  • २८ माघ २०८१, सोमबार १६:३५ प्रकाशित