डुम्रे ।
तनहुँको व्यास नगरपालिकाले विभिन्न जातिका मौलिक भाषा, कला, संस्कार र संस्कृति संरक्षणका लागि व्यास नगर बहुजातीय सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
आज यहाँ पत्रकार सम्मेलन गरी नगरपालिकाले नगरपालिकाभित्र बसोबास गर्ने सबै समुदायका मौलिक भाषा, साहित्य, कला, संस्कार, संस्कृति जगेर्ना, उत्थान र संवद्र्धन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम गर्ने जनाएको हो ।
व्यास नगरपालिकाको संरक्षकत्वमा व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजना तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको समन्वयमा आगामी फागुन ७, ८ र ९ गते व्यास नगर बहुजातीय सांस्कृतिक कार्यक्रम हुने नगरप्रमुख कुलपति वैकुण्ठ न्यौपानेले बताए ।
उपप्रमुख इन्दिरा दरैले सांस्कृतिक महोत्सवले जातीय विभेद घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सांस्कृतिक कार्यक्रममा झाँकीसहितको शोभायात्रा, बालन नाच, भजन, चुड्का, कौराहा, सोरठी, स्वराही, पाउदुरे, झ्याउरे, घाँटु नाचका साथै मूर्ति, चित्रकला पनि प्रदर्शनी गरिनेछ ।रासस