काठमाडौं ।
प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठक स्थगित भएको छ ।
समिति सचिवालयले सूचना निकालेर बैठक स्थगित भएको जानकारी दिएको छ ।‘सभापतिको स्वास्थ्यमा समस्या आएको कारण स्थगित गरिएको’ सूचनामा उल्लेख छ ।
समितिको आजको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन पेस र त्यसमाथि छलफल गर्ने कार्यसूची थियो ।
यो कार्यसूची अब आगामी बैठकमा अगाडि बढ्ने पनि सचिवालयले जनाएको छ ।












