पोखरा ।
ह्युमन पापिलोमा भाइरस (एचपीभी) राष्ट्रिय खोप अभियान गण्डकी प्रदेशमा सुरू भएको छ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै अभियानको सुरूवात गरेका हुन् । उनले यो अभियान सफल पार्न गाउँ र टोल सबै ठाउँमा सबै खट्नुपर्ने बताए । उनले खोप अभियान भव्य र सभ्यढंगले सम्पन्न गर्न प्रदेश सरकार लागिपरेको उनले बताए ।
राष्ट्रिय जनस्वास्थ्य महाशाखाका प्रमुख डा. कृष्ण कंडेलले ८ वर्षको अगाडि कास्की र चितवनमा डेमेस्टेसन गरिएको बताए । उनले स्वास्थ्य उपचार अभावका कारण देशभर ५ लाख मानिस गरिव हुनुपरेको जानकारी दिए । यो खोपले विद्यालयस्तरमा पनि खोप अभियान सुरू भएको रूपमा यसलाई लिनुपर्ने बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले क्यान्सर रोग आफैमा प्राणघातक रोग रहेको भन्दै उनले एचपीभी खोपको लाभ लिन आग्रह गरे । उनले राष्ट्रिय अभियान भएकाले यसलाई सबै मिलेर सफल पार्नुपर्नेमा जोड दिए । वडा नम्बर १७ का वडाध्यक्ष राधिका कुमारी शाहीले अभियानमा कोहीपनि छुट्न नहुने बताइन ।
स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले स्वागत गर्दै देशव्यापी रूपमा अभियान सुरू भएको जानकारी दिए ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न सुभारम्भ कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपाली लगायतले एचपीभी खोप र अभियानका बारेमा जानकारी दिए ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काका अनुसार यो अभियान अन्तर्गत गण्डकीका एकलाख पाँच हजार ४७९ जना किशोरीलाई ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने । आगामी ६ फागुनसम्म राष्ट्रिय तालिका अनुरूप नै खोप लगाइन सुरु गरिस्को हो । निर्देशनालयका अनुसार प्रदेशका विद्यालय र अन्य गरेर दुई हजार ५०४ खोप केन्द्र मार्फत खोप लगाइनेछ । यस मध्ये मनाङ र मुस्ताङमा भने अहिले चिसो हुनेहुँदा केही पछि लगाइने निर्देशनालयले जनाएको छ । महानिर्देशक खिमबहादुर खड्काका अनुसार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा एवं १० देखि १४ वर्षका किशोरीलाई यो खोप लगाइने छ ।
दैनिक पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको ज्यान गुम्ने गरेको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ । यो कार्यक्रम अन्तर्गत देशभर १६ लाख ८८ हजार ७ सय ६८ छात्रालाई खोप दिइने छ ।
ह्युमनपापिलोमा भाइरस सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, धेरै धूम्रपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनेले हुने गर्दछ ।
गण्डकीमा कुन जिल्लामा कतिले लगाउने छन् खोप ?
गण्डकीमा कास्कीमा सबैभन्दा धेरै कास्कीमा २६ हजार २९६ जना, नवलपुरमा १७ हजार १७० जना, तनहुँमा १४ हजार २७८ जना, वागलुङमा ११ हजार ४७८ जना, गोरखामा १० हजार २६८ जना, स्याङ्जामा ९ हजार ३१९ जना, लमजुङमा ६ हजार ५४४ जना, पर्वतमा ४ हजार ७१९ जना, म्याग्दीमा ४ हजार ७०८ जना, मुस्ताङमा ५८७ जना ९केही थपघट हुन सक्ने०, मनाङमा ११२ जना९केही थपघट हुन सक्ने० रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएका छ ।