महिला टी–२० आई क्रिकेट शृंखला

नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

केन्द्रभाग मिडिया

पोखरा ।
महिला टी–२० आई क्रिकेट शृंखला अन्तर्गत काठमाडौमा अहिले भएको खेलमा नेपालाई नेदरल्यान्ड्सले १४१ रानको लक्ष्य दिएको छ ।

नेदरल्यान्ड्सले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १४० रन जोडेको हो । नेपालका सिता रानामगरले एक्लै ५ विकेट लिइन् । उनले ३ ओभर बलिङ गरेकी उनले जम्मा १२ रान खर्चिन । यो उनको बेस्ट बलिङ समेत हो ।

मनिसा पौड्यालले २ र कविता जोशी र इन्दु बर्माले १-१ विकेट लिइन् ।

नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डे लिडेले सर्वाधिक ४१ रन बनाइन् । त्यस्तै हिथर सिगर्सले २६ रन बनाइन् । फेबे मोल्कनबोर र रोबिन रिकेले समान २१ रन बनाए ।

 

  • २० माघ २०८१, आईतवार १३:५४ प्रकाशित