सहकारी ठगी मुद्दामा म्याग्दीका जिसस प्रमुख पक्राउ

केन्द्रभाग मिडिया

म्याग्दी ।

सहकारी ठगी मुद्दामा म्याग्दीका जिसस प्रमुख पक्राउ परेका छन् । जिसस प्रमुख राजकुमार थापा पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उनीसहितको समूहमाथि कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ । गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको प्रतिवेदन प्रहरीले बुझाएको थियो ।

  • २० माघ २०८१, आईतवार ११:०४ प्रकाशित