काठमाडौं ।
ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा तीन जनाको ज्यान गुमेको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका– ७ भँडारे खोलामा आज बिहान टाटा सुमो दुर्घटना हो ।
प्रहरीका अनुसार ज्यान गुमाउनेमा खोटाङको कोपिलासगढी गाउँपालिका– ३ की ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र खोटाङकै दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका– १२ की ४५ वर्षीया तारा गुरुङ छन् ।
खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ६४२१ नम्बरको टाटा सुमो आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
सुमो सडकबाट करिब सय मिटर तल खसेको जनाइएको छ ।