महेन्द्र माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नंं ९, नयाँवजारमा अवस्थित महेन्द्र माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव ,अभिभावक दिवस तथा पुरस्कार वितरण, सम्मान कार्यक्रम तथा विभिन्न साँस्कृतिक कार्यक्रमका साथ बुधबार सम्पन्न भयो । सोही अवसर पारेर विद्यालयमा स्थापना गरिएको प्राथमिक स्वास्थ्य कोठा तथा स्तरोन्नति गरिएको पुस्तकालयको उद्घाटन समेत गरिएको छ ।

प्रमुख अतिथि सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले कार्यक्रमको उद्घाटन गर्दै वाल्यकालको स्कुलको अवस्था सम्झदै आफुले पढेको विद्यालयले दिनप्रतिदिन प्रगति गरेको देख्दा खुशी लागेको वताए । उनले देशको शिक्षा निति धेरै पुरानो भएकोे कारण संघिय सरकारले शिक्षा ऐन परिमार्जन लागेको वताउँदै नयाँ शिक्षा ऐन लागु गरे पछि गण्डकी प्रदेश सरकारले पनि प्रदेशका युवा लक्षित तथा माग वमोजिमको शिक्षा ऐन ल्याउने तरखरमा रहेको वताए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले विद्यालयका सबै समस्याहरुको वारेमा आफुहरुलाई अवगत नै भएकोले वडाबाट गर्नुपर्ने भौतिक निर्माण तथा शिक्षकहरुलाई समयसापेक्ष तालिम प्रदान गरी नमुना विद्यायल वनाउन आफुले सक्दो पहल र सहयोग गर्ने वताउँदै वडा नं. ९ ले सबै विद्यालयको क्यालेण्डर एउटै बनाएर लागु गरेको वताए ।त्यसैगरी उनले कक्षा १२ उर्तिण गरेका आर्थिक स्थिति कमजोर विद्यार्थीहरुले वडामा सम्पर्क गर्न आएमा निशुल्क प्राविधिक विषय पढाई दिने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा वडा सदस्यहरु गिता चर्म्रकार, नन्दराम गिरी र लक्ष्मी पहारी, पुर्व प्लस टु कोअर्डिनेटर हस्तबहादुर थापा, अभिभावक तथा बिब्यस सदस्य दलबहादुर दर्जी, शिक्षिक विष्णु पोखरेल, अक्षयकोष दाता श्याम राना, प्रेम प्रसाद गौतम, विद्यार्र्थीहरु यमबहादुर दोङ र सितल थापा,  अक्षयकोष दाताहरु सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापा, स्थानिय बसन्धरिबास्तोला, शिक्षक उत्कृष्ट शिक्षक नवराज आचार्य, श्याम राना, उत्कृष्ट अभिभावक साबित्रा जि सि लगायत अक्षयकोषदाता, शिक्षकहरु, विद्यार्थीहरुलाई सम्मानपत्र तथा दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा पोखरा ९ दरबारथोक निवासी श्याम राना तथा उहाँको परिवारको तर्फबाट स्वर्गीय बुबा बुद्धि बहादुर खवासको स्मृतिमा ३ लाख रुपैयाँ अक्षयकोष स्थापना गरेका छन् । उक्त अक्षयकोष रकमको व्याजबाट वर्षेनी उत्कृष्ट विद्यार्र्थीलाई पुरस्कार तथा आर्थिक अबस्था कमजोर विद्यार्थीहरुलाई आवश्यक सहयोग गरिने छ । त्यसै गरी पोखरा ९ की वडा सदस्य गिता चम्रकारले विद्यालय परिसरमा सरस्वतीको मुर्ति स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन् । विद्यार्थीहरुद्धारा विभिन्न जातजातीका सांस्कृतिक प्रस्तुती राखेका थिए ।

विद्यालय ब्यबस्थापन समिति अध्यक्ष जगत बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रामदत्त पौडेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत, कार्यक्रम संचालन शिक्षकहरु जितबहादुर खनाल र आनन्दराज पौडेलले गरेका थिए ।

  • १६ माघ २०८१, बुधबार २१:१७ प्रकाशित