पोखरा ।
बगर भाइ खलक पोखराको आयोजनामा यही १५ माघ देखि २१ माघसम्म ‘१४औं बगर भाइखलक अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता–२०८१’ हुँदैछ ।
पोखरा–१, पुरानो टुँडिखेलस्थित फुटबल मैदानमा हुने यो प्रतियोगिताको तयारी पूरा भएको शनिवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ ।
विभिन्न ३ इभेन्टमा खेलाइने सो प्रतियोगितामा ४०प्लस, ५०प्लस र ६० प्लसका खेल हुने आयोजक संस्था बगर भाइ खलकका महासचिव मनकाजी गुरूङले जानकारी दिए ।
उनका अनुसार यश संसकरणा प्रतियोगिता महाराष्ट्र, देहारादुन भारत लगायत काठमाडौं, ललितपुर, हेटौडा, सिमरा, सिराहा, बुटवल, सर्लाही, कैलाली, झापा विर्तामोड, चितवन र पोखराका स्थानीय टिमसहित गरी ३९ टीमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा ४० प्लसतर्फ विजेतालाई २ लाख र उपविजेतालाई १ लाख दिइनेछ । सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरबार्ड र प्रशिक्षकलाई जनही ५ हजार प्रदान गरिने र सर्वोत्कृट खेलाडीलाई १५ हजार रूपैयाँ प्रदान गरिने छ ।
यस्तै, ५० प्लसतर्फ विजेताले १ लाख र उपविजेताले ५० हजार पाउने छ ।
६० प्लसतर्फ विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष दीलबहादुर गुरूङले जानकारी दिए ।