पोखरा ।
हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश प्रदेशको पूर्वी भू-भाग तथा कोशी प्रदेशको तराई भू-भागमा मन्द शीतलहरको अवस्था छ भने बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु र कुहिरो लागेको छ । पहाडी र हिमाली भू भागमा मौसम मुख्यतया सफा छ ।
दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
मधेश प्रदेशको पूर्वी भू-भाग (सप्तरी) तथा कोशी प्रदेश को तराई भू-भाग (झापा, मोरङ र सुनसरी) मा मन्द शीतलहरको अवस्था र बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।