आईसीसी यू-१९ महिला टी २० विश्वकप

नेपालले स्कटल्याण्डलाई दियो ७४ रनको लक्ष्य

केन्द्रभाग मिडिया

पोखरा ।

आईसीसी यू-१९ महिला टी २० विश्वकपमा नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्डलाई ७४ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन जोडेको हो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २७ र ओपनर सावित्री धामीले १० रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

वान डाउनमा ब्याटिङ गरेकी पुजाले ४३ बल खेल्दा ३ चौका प्रहार गरिन् ।

नेपाललाई अलआउट गर्न स्कटल्याण्डकी माइसी मासेइराले ३.५ ओभरमा १५ रन खर्चेर ५ विकेट लिइन् । यस्तै एम्मी बाल्डी र नायमा शेखले २-२ विकेट लिए ।

  • ७ माघ २०८१, सोमबार १३:५८ प्रकाशित