वासिङ्टन डिसी ।
दोस्रो पटक अमेरिकाको राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले आज नेपाली समय अनुसार राति करिब १० बजे अमेरिकी संसद्को क्यापिटल हिलमा अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिदैंछन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले डोनाल्ड ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सलाई शपथ गराउनेछन्। यस अवधिमा ट्रम्पको देब्रे हात बाइबलमा हुनेछ। उनकी पत्नी मेलानियाले बाइबल समात्ने छिन्।
शपथपछि ट्रम्पको भाषण हुनेछ । ट्रम्पले आफ्नो अन्तिम कार्यकालको शपथ ग्रहणका क्रममा १७ मिनेट बोलेका थिए । शपथपछि क्यापिटल हिलमा कलाकारहरूको साङ्गीतिक प्रस्तुति पनि रहने छ । यसपटक हलिउडका अधिकांश कलाकारले चुनावमा कमला ह्यारिसलाई समर्थन गरेका थिए । ट्रम्पको लागि कसले प्रस्तुति दिनेछ भन्ने स्पष्ट छैन ।
प्रस्तुतिपछि, ट्रम्पले क्यापिटल हिलको सेचुरी हलमा अमेरिकी सांसदहरूसँग खाजा खानेछन्। खाजामा दिइने खाना प्रायः राष्ट्रपति र उपराष्ट्रपतिको घरबाट आउँछ। त्यसपछि अमेरिकी क्यापिटलदेखि ह्वाइट हाउससम्म र्याली निकालिनेछ। जसको नेतृत्व राष्ट्रपति ट्रम्प आफैंले गर्नेछन् ।