काठमाडौं ।
गाजा क्षेत्रमा निर्धारित समयभन्दा ३ घण्टा ढिला युद्धविराम हुँदा इजरायलको आक्रमणमा परी १९ प्यालेस्टिनी मारिएका छन् ।
गाजा सिभिल डिफेन्सका प्रवक्ता महमुद बसलले १९ प्यालेस्टिनी मारिएको पुष्टि भएको छ । आक्रमणमा परी ३६ जना घाइते भएका छन् ।
उनका अनुसार, पछिल्लो तीन घन्टामा रफाहमा एक, खान युनिसमा छ, गजा सिटीमा नौ र उत्तरी क्षेत्रमा तीन जनाको ज्यान गएको छ । एजेन्सी