पोखरा ।
स्याङ्जामा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गुमेको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरि पौडेलका अनुसार स्याङ्जाको आँधिखोला गाउँपालिकामा कृषिबाट ओहिया तर्फ जाँदै गरेको ग १ क ५१३९ नम्बरको टिप्पर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर पर्वतको कुस्मा १४ का ३७ वर्षीय चन्द्र बहादुर नेपालीको ज्यान गुमेको छ । प्रहरी नायव उपरीक्षक पौडेलका अनुसारअनुसार बिहान १ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको ज्यान गुमेको हो ।
घाइते सल्यान शारदा ७ का १५ वर्षीय हरि परियार, आँधीखोला २ ओहियाका ३३ वर्षीय कमल नेपाली, चितवनको राप्ती ६ भन्डाराका ४१ वर्षीय प्रकाश बिक, र चितवनको राप्ती ६ भन्डाराका ४१ वर्षीया सुमित्रा बिकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
टिप्पर सडक देखी अन्दारी ५० मिटर तल खसी दुर्घटना भएको हो ।