चीन भूकम्प : हाल सम्म ५३ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ५३ जनाको ज्यान गएको छ । चिनियाँ सञ्चार माध्यम सिन्ह्वाका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ ।

सिन्ह्वाका अनुसार ६२ जना घाइते भएको प्रारम्भिक विवरण आएको छ ।मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।

  • २३ पुष २०८१, मंगलवार १३:४५ प्रकाशित