नयाँ दिल्ली ।
भारतको तेलङ्गना राज्यको रंगारेड्डीमा बस र डम्पर ठोक्किँदा २० जनाको ज्यान गएको छ ।
सोमबार बिहान रंगारेड्डीको चेभेला प्रहरी चौकीको खानपुर गेट नजिकै दुर्घटना भएको थियो । गिट्टी बोकेर गइरहेको डम्परले बसलाई ठक्कर दिएको थियो । ठक्कर यति जोडको थियो कि डम्परमा भएको गिट्टी बसका यात्रीमाथि खस्यो ।
घटनामा अरू २० जना घाइते भएको र ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । बस तन्दुरबाट हैदराबाद गइरहेको थियो । घटनाको समयमा बसमा ७० जनाभन्दा धेरै यात्री सवार थिए ।
यी मध्ये अधिकांश कलेजका विद्यार्थी भएको बताइएको छ ।
















