काठमाडौं ।
इरान सम्मिलित त्रिकोणात्मक मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पराजित गरेको छ । भारतको सिलोङस्थित जवहारलाल नेहरु रगंशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोलमा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफमा १–० ले अग्रता बनाएको खेलमा नेपालले दोस्रो हाफमा एक गोल थप्दा एक गोल खान पुग्यो । पहिलो हाफको दोस्रो मिनेटमा साम्बाको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो । खेलको ६३ औँ मिनेटमा साम्बाले फ्रिकीकमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् ।
भारतका लागि खेलको ८१ औँ भारतकी करिश्मा पुरुषोत्तमले शान्त्वना गोल फर्काइन् । मैत्रीपूर्ण खेलमा भारतले भने लगातार दोस्रो हार व्यहोरेको छ । नेपाल पहिलो खेलमा इरानसँग ३–० गोलअन्तरले पराजित भएको थियो ।
त्रिकोणात्मक मैत्रीपूर्ण खेलपछि नेपाल र भारतबीच १३ कात्तिकमा मैत्रीपूर्ण खेल हुनेछ।
















