काठमाडौं ।
त्रिकोणात्मक मैत्रीपूर्ण खेलमा नेपालको राष्ट्रिय महिला फुटबल टोली आज सोमबार चिरप्रतिद्वन्द्वी भारतविरुद्ध भिड्दै छ ।
इरान सम्मिलित त्रिकोणात्मक मैत्रीपूर्ण खेल अन्तर्गत आज भारतको सिलोङस्थित जवहारलाल नेहरु रगंशालामा हुने खेल नेपाली समय साँझ सवा ६ बजे सुरु हुनेछ ।
नेपालमा भएको साफ महिला च्याम्पियनसिपपछि नेपाल र भारत पहिलोपटक आमनेसामने हुन लागेका हुन् । साफमा नेपाली महिला फुटबल टोली विजयी भएको थियो ।
आजको खेलमा पनि नेपाल सोही लय कायम राख्न चाहन्छ । उता एसियन कपमा छनोट भैसेकेको भारत पनि नेपाललाई पराजित गर्ने रणनीतिमा हुनेछ ।
जारी शृंखलामा नेपाल पहिलो खेलमा इरानसँग ३–० गोलअन्तरले हारेको छ । यो हारसँगै नेपाल उपाधिबाट टाढिएको छ ।
त्रिकोणात्मकपछि नेपाल र भारतबीच १३ कात्तिकमा फेरि अर्को मैत्रीपूर्ण खेल हुनेछ।
















