यूएई विरुद्ध नेपालको रोमाञ्चक जित

केन्द्रभाग मिडिया

पोखरा ।
आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा चीर प्रतिद्वन्द्वी यूएई माथि रोमाञ्चक जित निकालेको छ । यससंगै नेपालले लगातार दोस्रोपटक विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ । नेपाल र यूएईलाई विश्वकपनजिक पुग्न आजको खेलमा जितको आवश्यक थियो ।

आइतबार भएको खेलमा यूएईलाई १ रनले पराजित गर्दै नेपालले सुपर सिक्समा ४ अंक बनाएको हो । नेपालले २ अंक समूह चरणमा जापानलाई हराउँदै पाएको थियो । आजै भएको सुपर सिक्सको पहिलो खेलमा कतारलाई ३४ रनले पराजित गर्दै ओमानले अंक तालिकामा ४ अंक बनाउँदै शीर्ष स्थानमा छ ।

ओमानसँगै समान ४ अंक भए पनि नेपाल नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ । नेपालसँग पराजित भए पनि २ अंक भएको यूएई तालिकाको तेस्रो स्थानमा छ ।

एसोसियट एल क्लासिको भिडन्तमा नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित २० ओभरमा विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो ।

यूएईका लागि अलिसान सराफुले सर्वाधिक ५८ रनको योगदान दिए पनि टोलीको हार भने जोगाउन सकेनन् । ४० बलमा ३ चौका र ५ छक्का प्रहार गरेका उनलाई दिपेन्द्र सिंह ऐरीको बलमा बोल्ड आउट हुन पुगे ।

ओपनर जोनाथन फीजी १९ रनमा पेभेलियन फर्के । ध्रुभ परासनले ३२ रन बनाए । १९ औँ ओभरको अन्तिम बलमा ध्रुभ परासरले नन्दन यादवलाई छक्का प्रहार गरेपछि नेपाल दबाबमा आएको थियो । यद्यपी अन्तिम ओभरको तेस्रो बलमा सरासरले दिपेन्द्र सिंह ऐरिलाई छक्का हानेपछि नेपाल हारनजिक पुगेको थियो तर चौथो बलमा सन्दीप जोराले परासरलाई क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए ।

पाचौँ ओभरमा हैडर अलीलाई सन्दीप जोराले रन आउट गराएपछि नेपालले केही राहत महसुस गरेको थियो । ओभरको अन्तिम बलमा जैद अली रन आउट भएपछि नेपालले युएईमाथि रोमाञ्चक जित निकालेको हो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरिले ३ विकेट झारे । सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले समान एक विकेट आफ्नो नाममा गरे । ओमानको अल एमिरेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४० रनको योगफल तयार पारेको थियो ।

पहिलो विकेटका लागि ओपनर आशिफ शेख र कुशल भुर्तेलले ७।५ ओभरमा ५६ रनको साझोदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । २६ बलमा २ चौका र २ छक्का सहयोगमा २८ रन बनाएका कुशल भुर्तेल हर्सित कौशिकको बलमा एलबीडब्लू धरापमा परे ।

१९ बलमा १ चौका सहयोगमा २० रन बनाएका कप्तान रोहित पौडेल मुहम्मद रोहिदको बलमा क्याच आउट हुन पुगे । आशिफ शेख ५१ रन बनाउँदा ध्रुभ पारासरको बलमा बोल्ड आउट भए। ४७ बलमा ४ चौका र १ छक्का हानेका आशिफ १६ औँ ओभरमा पेभेलियन फर्के ।

दिपेन्द्र सिंह ऐरि १ रनमा क्याच आउट भए । गुल्सन झा ५ बल २ चौका र १ छक्का सहयोगमा १४ रन बनाउँदा क्याच आउट नै हुन पुगे । १८ औँ ओभरमा गुल्सनले पहिलो बल डट राखे। दोस्रो बलमा चौका, तेस्रो बलमा छक्का र चौथो बलमा चौका प्रहार गरे। तर पाचौँ बलमा क्याच आउट हुन पुगे ।

कुशल मल्ल १० रन बनाउँदा क्याच आउट नै भए । सन्दीप जोरा ४ र सोमपाल कामी ६ रनमा नटआउट रहे । युएईका लागि हर्सित कौशिक, ध्रुभ पारासर, जाहिद अली, हाइडर अली, जुनैद सिद्दीकी र मुहम्मद रोहिदले समान एक विकेट आफ्नो नाममा गरे । आजै हुने सुपर सिक्सको अर्को खेलमा सामोया र जापान खेल्नेछन् ।

  • २६ आश्विन २०८२, आईतवार २०:०० प्रकाशित