पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज युरो र पाउण्डको भाउ बढेको छ ।
आज युरो एकको खरिददर १४२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०१ पैसा रहेको छ । हिजो युरो एकको खरिदर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा थियो ।
यस्तै आज पाउण्ड एकको खरिददर १७० रुपैयाँ ९० पैसा र बिक्रीदर १७१ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७० रुपैयाँ ६६ पैसा थियो ।
आज डलर एकको खरिददर १३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४८ पैसा छ ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८ रुपैयाँ ९२ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०७ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ ०० पैसा र बिक्री दर ३७ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा रहेको छ ।