२ बंगलादेशी नागरिक मोरङको रानी नाकाबाट फिर्ता

केन्द्रभाग मिडिया

मोरङ ।
नेपाल प्रवेश गर्न लागेका दुई बंगलादेशी नागरिकलाई मोरङको रानी नाकाबाट नेपाली सुरक्षाकर्मीले फिर्ता पठाएको छ । बंगलादेशी नागरिकहरु ४९ वर्षीय एमडी रिएजुल कोरिम र ६३ वर्षीय एमएसटी जायद बेगमलाई मंगलबार पौन १ बजे भारततर्फ फिर्ता गराइएको हो ।

प्रस्तावित सीमा सुरक्षा गुल्म (प्रसीसु) गुल्म रानीबाट खटिएको सशस्त्र प्रहरीको ५ जनाको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले बंगलादेशी नागरिकलाई फिर्ता गरेको हो । उपचारको बहाना बनाएर नेपाल प्रवेश गर्न खोजेका उनीहरुलाई फिर्ता गरिएको सशस्त्र प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

बंगलादेशमा आन्दोलन चर्किएर प्रधानमन्त्री शेख हसिनाले समेत देश छाड्नु परेपछि त्यसको असर नेपालमा समेत पर्ने भन्दै उच्च सतकर्ता अपनाएर सीमा सुरक्षामा अहिले कडाइ गरिएको छ ।

  • २९ श्रावण २०८१, मंगलवार १७:५३ प्रकाशित