खानेपानी महसुल वृद्धिको निर्णयबाट पछि हटे मेयर हर्क

केन्द्रभाग मिडिया

धरान ।

धरान महानगरपालिका खानेपानी महसुलको निर्णयबाट पछि हटेको छ । १० दलका प्रतिनिधि र नगरप्रमुख हर्क साम्पाङबीच भएको वार्तामा महसुल वृद्धिको निर्णय फिर्ता लिने निर्णय संगै तीन बुँदे सहमति भएको हो ।

वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई फिर्ता लिने, सात दिन भित्र खानेपानी बोर्डको हिसाब सार्वजनिक गर्ने र बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने सहमति भएको वार्तामा सहभागी एक जनाप्रतिनिधिले जानकारी दिए ।

यो सहमतिसँगै तीन सातादेखि आन्दोलनमा उत्रिएका दल र स्थानीय उपभोक्ताले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

  • २८ श्रावण २०८१, सोमबार ११:४५ प्रकाशित