पोखरा ।
खेलकुदको क्षेत्रवाट अगाडी वढेको पोखरा महानगरपालिका वडा नं –२९ को भण्डारढिकमा रहेको आदर्श युवा क्लबको १३ औं अधिवेशनले आगामी कार्यकालका लागि पदम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरको छ ।अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत गर्ने प्रयास भए पनि बर्तमान अध्यक्ष पदम गुरुङ र उपाध्यक्ष प्रशान्त सुनारका विच भएको निर्वाचन प्रक्रियामा गुरुङ पुन अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
यता अन्य पदका लागि भने सर्वसम्मत भएको छ जसको उपाध्यक्षमा ओम प्रकाश गुरुङ,सचिवमा सन्तोष गुरुङ,सह सचिवमा उद्धव गिरी र कोषाध्यक्षमा विष्णु हमाल रहेका छन् भने समितिको सदस्यहरुमा राजीव भण्डारी,ओम प्रसाद कुमाल,कर्ण बहादुर गुरुङ,सञ्जिव पौडेल,कृष्ण कुमाल र विनोद गुरुङ रहेका छन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले सस्थाका गतिविधीलाई चलायमान गराउदै समाज सुधारका लागि अझै वढि सक्रियता देखाउनु पर्नेमा जोड दिएका थिए ।साथै उनले युवाहरु विदेश पलायन भईरहेको वर्तमान अवस्थामा उनीहरुलाई नेपालमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउन क्लवहरुको विशेष भुमिका रहने वताए ।
क्लवका सस्थापक अध्यक्ष समेत रहेका निवर्तमान वडाअध्यक्ष चेत बहादुर गुरुङले वि स २०४५साल देखि फुटवल खेललाई प्रथामिकता दिदै आएको र क्लवले विगतमा विविध क्षेत्रमा उल्लेखनीय कार्य गरेको स्मरण गराएका थिए । क्लवका उपाध्यक्ष लक्ष्मण सुनारले स्वागत गरेको कार्यक्रममा दीपशिखा पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी,भुपु सैनिक क्लवका अध्यक्ष मेजर रामप्रसाद गुरुङ,लेखनाथ उद्योग बाणिज्य संघका उप महासचिव भरतराज ओझा र निर्वाचन संयोजक मदन तिवारी लगायतले क्लवले गरेका युवा लक्षित कार्यहरुको चर्चा गरेका थिए ।
क्लवका अध्यक्ष पदम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव ओमप्रकाश गुरुङले गरेका थिए ।













