कोशी र कर्णाली प्रदेशमा आज (शुक्रबार) सार्वजनिक बिदा

केन्द्रभाग मिडिया

काठमाडौं ।
कोशी र कर्णाली प्रदेशमा शुक्रबार (आज) सार्वजनिक बिदा छ । कोशी प्रदेशले आदिवासी जनजाति दिवस र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा आज सार्वजनिक बिदा दिएका हुन ।

कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व आदिवासी दिवसको अवसरमा २५ साउनमा प्रदेशमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

यसैगरी कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले नागपञ्चमीको अवसरमा प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिइएको भन्दै सूचना जारी गरेको छ ।

  • २५ श्रावण २०८१, शुक्रबार ०८:०४ प्रकाशित