पोखरा ।
ग्रिन गभर्नेन्स नेपालको आयोजना एवम् युएसएआइडीको सहयोगमा आज पोखराको पचभैयामा आयोजित कार्यक्रममा बाँदका कारण बढ्दो समस्या र यसको विकल्प सम्बन्धमा छलफल गरिएको छ ।सिड फाउन्डेशन नेपालको स्थानीय संयोजनमा गरिएको कार्यक्रममा बक्ताहरूले बाँदरको समस्याका कारण गाउँ बस्तीमा खेतीपाती लगाउने क्रम घट्दै गएको बताए । ग्रिन गभर्नेन्स नेपालका कार्यक्रम अधिकृत अर्जुुन भुुषालले देशव्यापी रुपमा बाँदरको समस्या रहेको बताउँदै यसको विकल्पमा विभिन्न खेती गर्न सकिने बताए ।
ग्रिन गभर्नेन्स नेपालले मानव वन्यजन्तुु नियन्त्रणमा नवप्रवर्तन कार्यक्रम अन्तर्गत आवाजका माध्यमबाट बाँदरलाई धपाउने जस्ता विभिन्न विकल्पबारे अध्ययन गरिरहेको उनले जानकारी दिए ।बाँदर प्रकोपको विकल्पमा कागती, खुुर्सानी, अदुुवा जस्ता विभिन्न बैकल्पिक खेती गर्न सकिने बताउँदै उनले ती खेतीको प्रविधि बारे चर्चा गरे । उनले बन्यजन्तुुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० लगायतको कानुुनी व्यवस्था बारे जानकारी गराए ।
सिड फाउन्डेशन नेपालका निर्देशक दामोदरभक्त थापाले बाँदर प्रकोप कम गर्नका लागि उनीहरूले खाने फलफूलका बोट सहित बाँदर बगैंचाको अवधारणा अघि सानुुपर्नेमा जोड दिए । कार्यक्रममा मादी गाउँपालिका वडा नं १२ लिपेपानीका गिरेन्द्र गुुरुङले बाँदर तर्साउने बन्दुक बारे जानकारी गराएका थिए । लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनालले बाँदरले खेतीमा पार्ने गरेको असरबाट जोगिन कुरिलो खेती , सिप्लीकान खेती जस्ता विभिन्न विकल्प अपनाउने सकिने सुुझाव दिए ।
उक्त अवसरमा सहभागीले बाँदरका कारण पर्ने गरेका समस्या बारे आ आफ्ना धारणा राखेका थिए ।













