तमु युवाहरुलाई तिनदिने उद्घोषण तालिम शुरु

केन्द्रभाग मिडिया

पोखरा ।
तमु धिं नेपाल केन्द्रिय युवा समितिले युवाहरुलाई क्षमता एवम नेतृत्व विकासका लागि तिनदिने उद्घोषण कला तालिम शुरु गरेको छ।तालिमको उद्घाटन गर्दै तमु धिँ नेपालका अध्यक्ष हुम बहादुर गुरुङले युवा समितिमा आवद्ध तमु युवाहरुले संगठन सञ्चालन व्यवस्थित गर्नका साथै सम्पुर्ण क्षेत्रमा अग्र गतिका लागि उद्घोषण कला, कार्यक्रमको तयारी गर्न, कार्यक्रमहरुमा बोल्ने कला एवं सफल नेतृत्वका लागि क्षमता अभिवृद्धिका लागि उद्घोषण तालिमले सहयोग पुु¥याउने बताए । तालिममा सहभागी युवाहरुले प्रस्तुतिकरण र नेतृत्व क्षमतामा धेरै परिवर्तन आउने अपेक्षा समेत गुरुङले ब्यक्त गरे ।

तालिमको पहिलोदिन गोर्खाली रेडियोकी स्टेशन मेनेजर, सञ्चारकर्मी खिमा गुरुङले माइकको प्रयोग, उद्घोषण, उद्घोषकला, कार्यक्रम तयारी र प्रस्तुतिका विविधबारेमा प्रशिक्षित गराउनुहुदै प्रशिक्षार्थीहरुलाई अभ्यास गराएकी थिइन । ३५ जना युवाहरुको सहभागीता रहेको तालिममा सचिव गायक रामप्रसाद गुरुङले गायन प्रस्तुतिबाट सबैलाई नचाएका थिए ।

यसरी नै तालिमको दोश्रो दिन तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र तेश्रो दिन एभरेष्ट मिडियाका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ सञ्चारकर्मी दिपेन्द्र श्रेष्ठ प्रशिक्षक रहेको तमु धिं नेपाल केन्द्रिय युवा समितिका अध्यक्ष रमेश गुरुङले जानकारी दिए । उद्घोषण कला तालिको उद्घाटन कार्यक्रम युवा समितिका अध्यक्ष रमेश गुरुङको अध्यक्षता र सचिव रामप्रसाद गुरुङले सञ्चालन गरेका थिए ।

 

  • १७ श्रावण २०८१, बिहीबार २०:५२ प्रकाशित