पोखरा ३ तेर्सापट्टीस्थित कपास उद्योगमा आगलागी : झण्डै २२ लाखको क्षति

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका–३ तेर्सापट्टीस्थित पश्चिमाञ्चल कपास उद्योगमा आगलागी भएको छ ।

तेर्सापट्टीस्थित अन्नत कतिलाले सञ्चालन गरेको पश्चिमाञ्चल कपास उद्योगमा विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । आगलागीबाट अन्दाजी २० देखि २२ लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

कपास उद्योगमा विद्युत सर्ट भई आगलागी भएको प्रहरीले बताएको छ । आगलागी अहिले पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

  • १७ श्रावण २०८१, बिहीबार १४:५२ प्रकाशित