पश्चिम नवलपरासीमा सुतिरहेको अवस्थामा घाँटी रेटर युवकको हत्या

केन्द्रभाग मिडिया

नवलपरासी ।
गएराति पश्चिम नवलपरासीमा एक युवकको घाँटी रेटी हत्या भएको छ । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ५ हर्दी निवासी २० वर्षिय रोशन कुमार भन्ने सुुर्य कुमार बढइको सुतिरहेको अवस्थामा घाँटी रेटी हत्या भएको हो ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी घाँटीमा काटी हत्या भएको प्रहरीले जनाएको छ । बिहान ५ बजेतिर परिवारले उनको हत्या भएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

मृतकसँगै एउटै कोठामा सुतेको मृतकका भाइ सन्दिप बढईलेसमेत घटनाको बारेमा थाहा नपाएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवम सुचना अधिकारी रेशम बोहराले हत्या किन र कसले गरेको नखुलेको र घटनाको अनुसन्धान भइरहेको जनाए ।मृतकको शव पोष्टमार्टमका लागि पृथ्वी चन्द्र जिल्ला अस्पताल परासी लगिएको छ ।

  • १४ श्रावण २०८१, सोमबार १२:१२ प्रकाशित